• कार्तिक ८, २०७६
  • जुनकिरी खबर

बीएण्डसी अस्पतालमा राजवंशीको शव ५ दिनदेखि ‘बन्धक’

alt

श्रीमानको शवका लागि सबिना राजवंशीले हारगुहार गरिरहेकी छिन् । ४९ बर्षीय श्रीमान जंगबहादुर राजवंशीको शव ५ दिनदेखि अस्पतालमा ‘बन्धक’ छ । 

बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई ५ लाख २५ हजार रुपैयाँ बुझाउँन नसक्दा सबिनाले श्रीमानको शव घर ल्याउन पाएकी छैनन् । ‘राजवंशी संस्कार’ अनुसार निधन भएको एक दिन पनि शव राख्न मिल्दैन । आईसीयूमा ९ दिनसम्म उपचार गराउदा समेत श्रीमानलाई बचाउन नसकेका सबिना मृत्यु भएको ५ औं दिनसम्म श्रीमानको शव बुझ्न नपाउदा थप विक्षिप्त बनेकी छिन् ।

छोराहरु ९ बर्षका रबिन र ८ बर्षका लक्कीले बुबाको मृत्युको खबरले ५ दिनदेखि राम्ररी खाना खाएका छैनन् । घरमा सन्नटा छ । आफन्त सबै अस्पतालमा ‘बन्धक’ रहेको शव ल्याएर दाहसंस्कार गराउने प्रयत्नमा जुटिरहेका छन् । तर, पैंसा नहुदा अस्पतालबाट शव छुटाउन सकिरहेका छैनन् ।

बिर्तामोड नगरपालिका ४ निवासी जंगबहादुर राजवंशी काँकडभिट्ट–धरान चल्ने मे १ ख २६५१ नम्बरको बसका चालक हुन् । उनले चलाउने बस डल्फिन यातायात कम्पनी झापाको हो । यातायात व्यवसायी सम्पर्कविहीन हुँदा राजवंशीको शव अस्पतालमा बन्धन बनेको हो । असोज २६ गते धरानबाट बस चलाएर काँकडभिट्टा आउने क्रममा राजवंशी घाइते भएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]