• कार्तिक ८, २०७६
  • जुनकिरी खबर

सातै प्रदेशमा वैदेशिक रोजगार विभागको शाखा कार्यालय खोलिने

alt

वैदेशिक रोजगार विभागले प्रदेशस्तरमा पनि आफ्ना शाखा कार्यालय खोल्ने तयारी गरेको छ । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) को काम भइरहेको विभागले जनाएको छ ।

सातवटै प्रदेशबाट सरकारले श्रम स्वीकृति दिन थाले पनि अहिलेसम्म ३ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा विभागका कार्यालय छैनन् । ती प्रदेशमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तरगतका कार्यालयबाट यस्तो सेवा प्रदान गरिँदै आएको छ ।

विभागले अब प्रत्येक प्रदेशमा आफ्नै कार्यालय राखेर सेवा विस्तारको तयारी गरेको महानिर्देशक भीमष्कुमार भुसालले जानकारी दिए ।

‘कार्यालय स्थापनापछि हामी प्रदेशस्तरमै विभागीय उजुरीहरु दर्ता गर्न सक्छौ, मुद्दाको अवस्था हेरेर यहाँबाट नै अनुसन्धान अधिकृत पनि तोक्न सक्छौं,’ उनले भने, ‘अहिले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कार्यालयलाई कानूनले वैदेशिक रोजगारीको ठगीको मुद्दा हेर्ने अधिकार छैन । त्यसैले विभागले आफ्नै कार्यालय प्रदेशस्तरमा लैजान लागेको हो ।’

कार्यालय विस्तारसँगै पीडितहरुलाई उजुरी लिएर काठमाडौं नै धानुपर्ने बाध्यता हट्ने र श्रम स्वीकृति दिने प्रक्रिया अझ सरल बनाउन सकिने विभागको विश्वास छ ।

सरकारले गत पुसबाट काठमाडौंबाहिरबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको थियो । विदेशबाट फर्किएर पुनः सोही गन्तब्यमा जाने अनुमतिका लागि काठमाडौंमा आउनुपर्ने बाध्यता हट्दा युवाले राहत महसुस गरेका छन् ।

विभागका महानिर्देशक भुसालका अनुसार प्रदेशमै सेवा थालिएपछि काठमाडौंको श्रम कार्यालय ताहचलमा भीड मात्रै घटेको छैन, त्यहाँ हुने दलालको चलखेल र विभिन्न किसिमका अनियमितताको न्युनीकरणमा पनि सहयोग पुगेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]