• कार्तिक १०, २०७६
  • जुनकिरी खबर

आज लक्ष्मीपूजा र कुकुर तिहार मनाइदै

alt

हिन्दुहरूको दोस्रो महान् पर्व यमपञ्चकको दोस्रो दिन आइतबार बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपने शास्त्रीय विधान भए पनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो। कुकुरलाई पशुको प्रतिनिधि तथा यमराजको कागपछिको दोस्रो प्रियभक्त मानिन्छ।

कुकुरलाई भैरवको वाहन पनि मानिन्छ। यस दिन कुकुरको पूजा गरी कुकुरलाई टीकामाला लगाइदिएर मीठामीठा पक्वान्न खुवाउने चलन रहेको छ। वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागप्रमुख प्राडा देवमणि भट्टराईका अनुसार यस दिनलाई शास्त्रमा नरक चतुर्दशीका रूपमा उल्लेख गरिएकाले बिहान सूर्य नउदाउँदै तेल लगाएर नुहाउने र चारसरे दीप बालेर नदीमा बगाउनुपर्छ। कुकुरको पूजा गरी सो दिन बेलुका साँझमा यमलाई दीपदान गर्नुपर्ने पौराणिक ग्रन्थमा उल्लेख छ।

त्यस्तै समुन्द्र मन्थन गर्दा यसै दिन लक्ष्मी प्रकट भएको शास्त्रमा उल्लेख भएको आधारमा आइतबार साँझ नै लक्ष्मीपूजा मनाइँदै छ। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धापूर्वक पूजा गर्नाले वर्षभर लक्ष्मीको बास हुन्छ भन्ने मान्यता रहेको छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा यस बिहानै घर सफासुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई बोलाइन्छ। विशेषगरी घरका झ्यालढोका, कोठा, ढुकुटी,सँघार, कौसी, अटाली र भ-याङलगायत स्थानमा दीपावली गरिन्छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]