• कार्तिक १२, २०७६
  • जुनकिरी खबर

तिहारमा सोचेभन्दा कम विद्युत खपत

alt

यसवर्षको तिहारमा सोचेभन्दा कम विद्युत खपत भएको छ । अघिल्ला २ वर्षको तिहारको तुलनामा यसवर्ष खपत बढेर उच्च विन्दुमा पुग्ने अनुमान गरिएको भएता पनि यस वर्ष कम विद्युत खपत भएको छ ।

वर्षभर नै सबैभन्दा बढी विद्युत् खपत लक्ष्मीपूजाका दिन हुने गर्दछ । प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् माग उच्च हुने र १ हजार १ सय ९० मेगावाट विद्युत् खपत हुने अनुमान गरेको थियो । तर, वास्तविक खपत भने गत वर्षको भन्दा पनि कम देखिएको छ । गत वर्ष लक्ष्मीपूजाका दिन साँझ अधिकतम १ हजार १ सय ५ मेगावाट पुगेको विद्युत् खपत यस वर्ष भने १ हजार ८९ मेगावाट मै खुम्चिएको छ ।

२०७४ सालको तिहारका बेला देशभरको विद्युत माग १ हजार १ सय ७५ मेगावाटसम्म पुगेको थियो । तर २ वर्ष अवधिमा विद्युतमाग ८६ मेगावाटले घटेको छ । प्राधिकरणले विद्युत् माग व्यवस्थापनका लागि कुलेखानी जलाशययुक्त आयोजना पूर्ण क्षमतामा चलाउने र अपुग विद्युत भारतबाट आयात गर्ने तयारी गरेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]