प्रदेश नं. १ अन्तर्गतको नेपाल आयुर्वेद औषधी व्यवसायी संघ झापा जिल्ला कमिटिको आयोजनामा आयुर्वेद व्यवसायीको समूहले धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाएको छ ।
सेवामा समर्पित रही संघले झापाको बिर्तामोड ४ स्थित परोपकार बृद्धाश्रममा ३५ जनालाई एक दिनको खाना खुवाई दिवस मनाएको हो ।
सो अवसरमा आश्रमका बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो । संघले समय समय सामाजिक कार्य गदै आएको बताउदै संघको १ नम्बर प्रदेश अध्यक्ष जगत बहादुर भट्टराईले दिर्घरोगी जेष्ठ नागरिकहरुको स्वास्थ्यको लागी खानपिन राम्रो हुनुपर्ने बताए ।
साथै उनले आयुर्वेद औषधीको प्रयोग बढाउन बिभिन्न अभियान समेत चलाउने बताए । रोग बिरामको लागि पछिल्लो समय आयुर्वेद औषधीको प्रयोग बढेको बताउदै जनस्तरले पनि यसको महोत्व बुझ्नु पर्ने भट्टराईको भनाई थियो ।
कार्यक्रममा झापा जिल्ला अध्यक्ष चुडाराज खनालको अध्यक्षता गरिएको कार्यक्रममा बिर्तामोड नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष कुलप्रसाद संग्रौला प्रमुख अतिथि रहेका थिए । यस्तै संघका केन्द्रिय सचिव सर्मिला शाक्य र रमण अधिकारी बिशिष्ट अतिथि थिए ।
कार्यक्रममा जिल्ला सल्लाहकार समितिका संयोजक रणदेव हजाम र जिल्ला उपाध्यक्ष प्रदिप खरेल लगायतको उपस्थिति थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved