• कार्तिक १४, २०७६
  • जुनकिरी खबर

पूर्वका उद्योगले कच्चा पदार्थको आयात कटौती गर्न

alt

पूर्वका उद्योगले कच्चा पदार्थको आयात कटौती गर्न थालेका छन् । स्टिल उद्योग, स्प्रिट, साबुन उद्योगलगायत ठूला उद्योगले कच्चा पदार्थ आयात कटौती गर्न थालेका हुन् ।

सरकारले अव्यावहारिक रुपमा कर लगाउँदा भारततर्फ वस्तु निर्यात गर्ने अवस्था नरहेको र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नसमेत नसक्ने अवस्था भएपछि उत्पादन कटौती गर्नुपरेको  मोरङका उद्योगीले बताएका छन् । विशेष गरी स्टिल, साबुन, स्प्रिट, रडलगायत उद्योगहरूले उत्पादन कटौती गरेका हुन् । सरकारको अव्यावहारिक नीतिका कारण देश आर्थिक संकटतर्फ जान लागेको मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवनकुमार शारडाले बताए । उनले सरकारले हरेक क्षेत्रमा करको दर बढाउँदा सबैजसो क्षेत्र नराम्ररी प्रभावित बनेको स्पष्ट पारे ।

अव्यावहारिक करकै कारण पूर्वका निर्यातजन्य ठूला उद्योगहरूले कच्चा पदार्थको आयात कटौती गरेको पनि शारडाले जानकारी दिए । पूर्व क्षेत्रबाट वार्षिक पाँच अर्ब बढीको आइरन स्टिलका सामान निर्यात गर्ने उद्योगहरू सरकारले लगाएको चर्को करका कारण यो वर्ष निर्यात गर्ने स्थितिमा नरहेको शारडाले बताए । उनले भने, ‘आइरन एन्ड स्टिल उद्योगहरूले भारततर्फ गर्ने निर्यात लगभग बन्द भइसकेको छ ।’

यहाँका स्टिल उद्योगहरूले वार्षिक करिब पाँच अर्बका स्टिल उत्पादन निर्यात गर्दै आएका थिए । प्रिमियर स्टिल उद्योगका सञ्चालकसमेत रहेका शारडाले पूर्वका स्टिल उद्योगहरूले जिआई वायर भारततर्फ निकासी गर्दै आएका थिए । चालु आर्थिक वर्षदेखि सरकारले प्रतिटन कच्चा पदार्थ आयातमा एक हजार ६ सय ५० रुपैयाँ कर लगाएपछि भारततर्फको निर्यात प्रभावित भएको शारडाले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]