• कार्तिक १४, २०७६
  • जुनकिरी खबर

धरानमा आफ्नै श्रीमानले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरे

alt

धरानमा आफ्नै श्रीमानले श्रीमतीको हत्या  गरेको छ । धरान उपमहानगरपालिका वडा नं. १५ खोरिया वस्तीमा ३१ वर्षीय श्रीमान अर्जुन राईले २३ वर्षीया श्रीमती जीना राईको विभत्स हत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटना बुधबार साँझ पौने ७ बजेतिर भएको हो । सेउती खोलाको निर्माणाधीन पुल नजिकै डिलमा लगेर टाउकोमा ढुङ्गाले हानेर विभत्स तरिकाले हत्या गरेको अवस्थामा जीनाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

श्रीमतीको हत्या गरेर फरार रहेका राईलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरूबीच लामो समयदेखिको घरायसी मनमुटावको कारणले ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । फरार रहेका राईलाई खोज्दै जाँदा प्रहरीले करिब साढे ११ बजेतिर धरान–१५ स्थितमा रहेको बाँझोगरा सामुदायिक वन नजिक रहेको सेउती खोलाको पुल मुनि लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो । उनीमाथि थप अनुसन्धान तथा कर्तव्य ज्यान मुद्दामा म्याद थपको लागि प्रक्रिया जारी गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

जीनाले अर्जुनसँग ०७० सालमा भागी विवाह गरेकी थिइन् । उनीहरूको अहिले एक ६ वर्षीया छोरी छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]