• कार्तिक १५, २०७६
  • जुनकिरी खबर

प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकस

alt

प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा पनि चारवटा प्रदेशले नाम र राजधानी टुंगो लगाउन सकेका छैनन् । मुख्यमन्त्रीहरू केन्द्रीय नेताहरूको मुख ताकेर बसिरहेका छन् ।

संविधानले प्रदेशसभाको बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउन सक्ने अधिकार प्रदेशलाई नै दिएको छ । संविधानप्रदत्त अधिकार र दुई तिहाइको एकलौटी सरकार हुँदासमेत आफ्नो प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसकेपछि प्रदेश सरकारको आलोचना हुन थालेको छ ।

सात प्रदेशमध्ये अहिलेसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकीले मात्रै नाम र राजधानी टुंगो लगाएका छन् । प्रदेश १ को नाम तथा २, ३ र ५ को नाम र राजधानी दुवै टुंगो लाग्न बाँकी छ । प्रदेश १, ३ र ५ मा नेकपाको दुई तिहाइ सरकार छ भने प्रदेश २ मा समाजवादी पार्टी र राजपाको गठबन्धन सरकार छ ।

प्रदेश १ ले यसअघि विराटनगरलाई राजधानी बनाउने निर्णय गरिसकेको भए पनि नामको सकस कायमै छ । प्रदेशसभाको अघिल्लो अधिवेशनबाटै नामबारे निर्णय हुने बताइएको थियो तर नेकपाभित्रकै विभिन्न समूहले आ–आफ्ना तर्क राख्न थालेपछि टुंगो लाग्न सकेन । जातीय नाम राख्न नरुचाउने नेकपाका पूर्वएमालेतर्फका नेताहरूले कोसी, सगरमाथा, मेची वा कञ्चनजंघा प्रदेश बनाउनुपर्ने बताइरहेका छन् भने राई, लिम्बू समुदायको बाक्लो बस्ती रहेकाले भूगोलमा जातीय नाम पनि जोडेर नामकरण गर्नुपर्ने तर्क अर्काथरीको छ ।
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]