• कार्तिक १५, २०७६
  • जुनकिरी खबर

सूर्य उपासनाको पर्व छठ सुरु

alt

ब्रतालुहरूले बिहीबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी छठ सुरु गरेका छन्। पहिलो दिनको सो कार्यलाई ‘नहाय खाय’ विधि भनिन्छ। सो विधिपछि उनीहरू दोस्रो दिन शुक्रबार साँझसम्म उपवास बस्छन्। घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिन यो पर्व मनाउँछन्। यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ। प्राचीन कालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गरिँदै आएको छ। यो पूर्णतया शाकाहारी पर्व भएकाले ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छाड्छन्।

सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दीपावलीझैं माहोल हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति, धर्म, वर्ग र लिंगका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो। दोस्रो दिन (शुक्रबार साँझ) चोख्याइएको एक कोठामा खिर र केरालगायत मीठा पकवान केराको पातमा फिँजाएर ईश्वरको आराधना गरिन्छ। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले ब्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि पूजनस्थलवरिपरि प्रसादको प्रतीक्षामा रहेका परिवारजन एवं छरछिमेकलाई बाँड्छन्। घरभित्रै दुईदिने आन्तरिक विधिपछि दीपावलीझैं झिलिमिली पारिएको जलाशय किनारमा शनिबार साँझ (सँझिया घाट) र आइतबार बिहान (भोरका घाट) ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुन्छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]