• कार्तिक १६, २०७६
  • जुनकिरी खबर

मंगल ग्रहमा तरकारी खेती सम्भव

alt

आलुको बोटमा टमाटर फलेको सुन्दा वा देख्दा हामीलाई नौलो नलाग्ला। तर टमाटरको बोटमा गाँजा हुर्केको सुन्दा पक्कै अचम्मै लाग्ला!

टमाटर हुर्किँदै जाने क्रममा बोटबाट गाँजाको बासना आउने र पातहरू गाँजाकै जस्ता भएको देख्दा जो कोही तीन छक खान्छ। सन् २०१५ मा आयरल्यान्डको अनलाइन पत्रिका 'आइरिस टाइम्स'ले यस्तै खबर निकाल्यो- टमाटर रोपेको, गाँजा फल्न थाल्यो।

गाँजा खेती गर्न कानुनी रूपमा अनिवार्य 'लाइसेन्स' हुनुपर्ने अवस्थामा 'टमाटरमा गाँजा फलाएका' किसानमाथि मुद्दा लाग्यो। सुनुवाइ क्रममा न्यायाधीश ओ'कनरले भनेका थिए, 'यो हाम्रो लागि पनि अनौठो र चमत्कारको विषय हो।'

गाँजा खेतीका लागि चाहिने उपकरणहरू (मलजल लगायत) कानुनी रूपमै बिक्री हुन्छन्। प्रायः यी उपकरण टमाटरका बिरूवामा पनि प्रयोग गरिन्छन्। यसले टमाटर राता र सग्ला हुन मद्दत गर्छ। त्यो बेला टमाटर खेती गर्ने ती किसानलाई 'कसरी टमाटरमा गाँजा फल्यो' भनेर सोध्दा 'पवित्र जलको करामत' भन्ने जवाफ दिएका थिए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]