नेकपाले सातवटै प्रदेशका लागि प्रमुखहरुको नाम छानेको छ । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नाम चयन गरेको हो । सिफारिस गरिएका नाममध्ये अमिक शेरचन मात्रै आफू जन्मिएको प्रदेशको प्रमुख बनेका छन् । शेरचन म्याग्दीमा जन्मेका हुन् । उनी गण्डकी प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।
अन्य ६ जना भने गृह प्रदेशमा सिरफारिस भएनन्। सचिवालय बैठकले चयन गरेका नामहरु मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्दैछ।
नेकपा महासचिव विष्णु पौडेलले प्रदेश प्रमुखका लागि सातवटा नामहरु सिफारिस गरिएको र कुन प्रदेशका लागि को भन्ने टुंगो मन्त्रिपरिषद्ले लगाउने बताए। स्रोतकाअनुसार आजै राष्ट्रपतिले शपथ ग्रहण गराउने कार्यक्रम छ।
को कुन प्रदेश प्रमुख?
प्रदेश १ - सोमनाथ प्यासी
प्रदेश २ - तिलक परियार
प्रदेश ३ - विष्णु प्रसाई
गण्डकी - अमिक शेरचन
प्रदेश ५- धर्मनाथ यादव
कर्णाली - गोबिन्द कलौनी
सुदुरपश्चिम - शर्मिला त्रिपाठी
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved