• कार्तिक १८, २०७६
  • जुनकिरी खबर

सङ्खुवासभामा काङ्ग्रेस र नेकपाले टुङ्गो लगाए उम्मेद्वार

alt

आगामी मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि सङ्खुवासभाका मुख्य दुई राजनैतिक दलले उम्मेद्वारको टुङ्गो लगाएका छन् । नेपाली काङ्ग्रेस सङ्खुवासभाले शनिबार नै उम्मेद्वारको टुङगो लगाएको थियो भने नेकपा सङ्खुवासभाले आइतबार एक पत्रकार सम्मेलन गर्दै उम्मेद्वार सार्वजनिक गरेको हो ।

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले उम्मेदवारको नाम प्रदेश कमिटिमा सिफारिस गरेको थियो । प्रदेश कमिटीबाट प्राप्त नामलाई नेकपा सङ्खुवासभाले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

काङ्ग्रेसले मकालु गाउँपालिका अध्यक्षको लागि बिमन पराजुलीलाई उम्मेद्वार बनाएको छ भने नेकपाले तेजबहादुर पोख्रेललाई उम्मेद्वार बनाएको छ । यता रिक्त रहेको खाँदबारी नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा नेपाली काङ्ग्रेसले विक्रम गुरुङलाई उम्मेद्वार बनाएको छ भने नेकपाले भरतकुमार घिमिरेलाई उम्मेद्वार बनाएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मकालु गाउँपालिकामा ९ हजार १ र खाँदबारी–३ मा १ हजार ८ सय २२ मतदाता छन् ।

यसअघि ती दुवै स्थानमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका थिए । मकालु गाउँपालिकाका तत्कालीन अध्यक्ष खड्गबहादुर कट्वालको २०७४ पुस ३० गते सवारी दुर्घटनामा मृत्यु भएको थियो भने खाँदबारी–३ का तत्कालीन अध्यक्ष तोयानाथ ढुङ्गानाको २०७५ फागुन १३ गते मृत्यु भएको थियो । जिल्लामा यसअघि भएको स्थानीय तह निर्वाचनमा १९ ओटा दलले भाग लिएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]