• कार्तिक १९, २०७६
  • जुनकिरी खबर

पर्यटकको रोजाइमा भोजपुरको ‘मुन्दुम ट्रेल’

alt

एक सय पर्यटकीय गन्तव्यमा परेको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ। मनोरम दृश्य र ट्रेकिङका लागि उद्गम पदस्थल भएकाले पनि पर्यटकको आगमनमा वृद्धि भएको हो।

टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको सिमानामा पर्ने मुन्दुम ट्रेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यले ‘मैयुङडाँडा र हाँसपोखरी’ को सुन्दर स्वाद दिलाउन पैदलमार्गको अवधारणा ल्याइएको थियो। धार्मिक, साँस्कतिक, विविध जातीय महत्त्व बोक्ने मुन्दुम ट्रेललाई सरकारले पर्यटकीय गन्तव्यमा राखेपछि पर्यटकको आगमन बढेको टेम्केमैयुङ गाउँपालिका नागीका स्थानीय सरोज बस्नेतले बताए।

पर्यटकीय हिसाबले पैदल यात्रा गर्ने पर्यटकका लागि ‘अल्पाइन जोन’ सन्तुलित हावापानी भएको यो पदमार्ग पर्यटकका लागि लेक लाग्ने समस्या नहुने स्थलगत अध्ययनले देखाएको छ। सुचीकृतमा परेपछि अब उक्त पर्यटकीय गन्तव्यलाई व्यवस्थित र विकसित गर्न सकेको खण्डमा सिंगो जिल्लालाई नै आन्तरिक तथा बाह्य पर्यटनको रूपमा विकास गर्न सकिने सम्भावना रहेको टेम्केमैयुङ गाउँपालिका अन्नपूर्णका स्थानीय हेमन्त मुकारुङ बताउँछन्। उनी भन्छन्, ‘सरकारले सूचीकृतमा पारेको यो पदमार्ग हामी सिंगो जिल्लावासीका लागि गौरवको विषय हो। यसलाई व्यवस्थित र विकास गर्न सके जिल्लाको पर्यटनलाई व्यावसायीकरण गर्न सकिन्छ। सिंगो जिल्लालाई आत्मनिर्भर बनाउन सकिन्छ।’

उक्त टेम्केडाँडा (मुन्दुम पदमार्ग) समुन्द्री सतहबाट २४ सय मिटरदेखि ३३ सय मिटरको दुरीमा फैलिएकाले पर्यटकलाई डाँडैडाँडाको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृंखलाको दृश्यावलोकन गर्न सक्नेछन्।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]