• कार्तिक १९, २०७६
  • जुनकिरी खबर

काबेलीदेखि माझीटारसम्म जलयात्रा सञ्चालनमा

alt

पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेलीखोलादेखि लिम्बुनीपुल, पिनासी र नक्कले घाट हुँदै माझीटारसम्मको २५ किलोमिटर दूरीमा व्यावसायिक जलयात्रा सञ्चालनमा आएको छ । 

पाँचथरस्थित तमोर भ्याली ट्राभल्स टुर एन्ड ट्रेकिङले र्‍याफ्टिङ सञ्चालन गर्न थालेको हो । गत वर्ष पाँचथरको पिनासीबाट माझीटारसम्म १२ किलोमिटर क्षेत्रमा जलयात्राका लागि अनुमति लिएर काम थालेको उक्त कम्पनीले यो वर्ष सेवा विस्तार गर्दै काबेलीदेखि माझीटारसम्मको जलयात्रा सुरु गरेको हो ।

जलयात्राका लागि नयाँ गन्तव्यका रूपमा लिइएको उक्त क्षेत्रमा आइतबार पहिलो १० जनाको टोलीले सफलतापूर्वक यात्रा पूरा गरेसँगै सोमबारदेखि व्यावसायिक रूपमा जलयात्रा सुरु गराइएको ट्राभल्सका सञ्चालक दीपेन्द्र तुम्बापोले बताए । र्‍याफ्टिङका लागि सदरमुकाम फिदिमस्थित तमोरभ्याली गेस्टहाउसलाई ‘मिट पोइन्ट’ मानिएको छ । आठ जनाको समूह बनाएर तमोर भ्याली गेस्टहाउसदेखि हिलिहाङ गाउँपालिकास्थित काबेली नदीसम्म लगेर र्‍याफ्टिङ सुरुवात गराइन्छ ।


२५ किलोमिटर दूरीको र्‍याफ्टिङका लागि टिकट बुकिङ गर्नेलाई बिहानको खानासहित दिउँसो र साँझ दुईपटक नास्ताको व्यवस्था संस्थाले गर्ने जनाइएको छ । र्‍याफ्टिङका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]