एक किसानको खेतमा लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा बम फेला परेको छ । बुंगल नगरपालिका–६ दान्तोली खौलामा ६९ वटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ ।
बुंगल–६ का देउमल धामीको खेतमा ठुलो प्लाष्टिकको ड्रममा लुकाई राखेको अवस्थामा विस्फोटक पदार्थ फेला परेको थियो । ड्रममा सकेट बम सँगै १२५ ग्राम विष्फोटक पदार्थ नेपोलो सुपरफाइन नाम गरेको पाउडर समेत फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved