• कार्तिक २१, २०७६
  • जुनकिरी खबर

कोशीमा मरेको गोही भेटियो

alt

सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ स्थित कोशी ब्यारेजमा मरेको गोही भेटिएको छ । बुधबार दिउँसो कोशी नदीले बगाएर ल्याएको गोही मरेको अवस्थामा भेटिएको हो ।

लगभग ७० केजी र ५ फिट लामो गोही देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मरेको अवस्थामा भेटिएको गोहीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाको जिम्मा लगाइएको अस्थायी प्रहरी चौकी कोशी ब्यारेजका असइ बिनबहादुर पाण्डेयले जानकारी दिए ।

कोशी नदीले गोही बगाएर ल्याएको खबर पाएपछि स्थानीय प्रहरी घटनास्थल पुगेर उद्धार गर्ने योजना बनाए पनि मृत भेटिएकोले कोशीटप्पु वन्यजन्तु आरक्षका कर्मचारीले लगेको उनले बताए । केही महिनाअघि पनि एउटा गोही घाइते अवस्थामा भेटिएकोमा कोशीटप्पु वन्यजन्तु आरक्षले उपचार गरेर प्राकृतिक रूपमा छाडेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]