• कार्तिक २१, २०७६
  • जुनकिरी खबर

उपनिर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता

alt

यही मंसिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तयारी पूरा भएसँगै आयोग आजदेखि निर्वाचन कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

प्रदेशसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को (ख) र दाङ निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा उपनिर्वाचन हुँदैछ ।

स्थानीय तहका उमेदवारको मनोनयन दर्ता भने यही कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची छ । 

निर्वाचन आयोगका अनुसार स्थानीय तहको पदाधीकारीहरु तर्फ एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँद्यैछ ।

उपनिर्वाचन हुने ३७ जिल्लाका चार लाख ५४ हजार ११४ जना मतदाताले चुनावमा भाग लिँदैछन् ।

२०७४ सालमा निर्वाचन भइ बिभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदाधिकारीसमेत गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]