• कार्तिक २१, २०७६
  • जुनकिरी खबर

भारतले भन्यो : सीमा मिचिएको छैन

alt

नेपालका विभिन्न स्थानमा कालापानी सीमाक्षेत्रस्थित नेपाली भूमि भारतले मिचेको भन्दै विरोध जनाइरहँदा भारत सरकारले सीमा नमिचेको अभिव्यक्ति दिएको छ । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरुले नेपालसँगको सिमाना हेरफेर नगरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बताए ।

बिहीबार नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै रविश कुमारले यस्तो बताएका हुन् । 'हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ। नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि वा हेरफेर गरिएको छैन', रविस कुमारले भनेका छन् । नेपाल र भारतको सम्बन्धमा मतभेद सिर्जना गर्न निहित स्वार्थ समूहले यो विवाद ल्याएको उनको दाबी छ । 

 'हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछौं', उनले भने,  'साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने स्वार्थ समूहहरुविरुद्ध एकजुट हुनु जरुरी छ।' ती स्वार्थविरुद्द एकजुट हुनुपर्ने महत्वपूर्ण भएको उनको भनाइ छ । भारत सरकारले हालै कालापानी क्षेत्र आफ्नो भूमिमा पार्ने गरी सार्वजनिक गरेपछि नेपालका विभिन्न राजनीतिक दल तथा समूहहरु आन्दोलित छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]