• कार्तिक २२, २०७६
  • जुनकिरी खबर

धरानका स्वर्गिय मेयरकी श्रीमती स्वतन्त्र उम्मेदवार उठ्ने

alt

धरान उपमहानगरपालिकाको स्वर्गिय तारा सुब्बाको निधनका कारण मङसीर १४ गते हुनगइरहेको मेयर पदको उपनिर्वाचनमा उनको श्रीमति इन्दु सुब्बा राईले स्वतन्त्र उम्मेदवारी दिने भएकी हुन्।

स्वर्गिय तारा सुब्बाका दाजु घनेन्द्र सुब्बा (एन्ड्रयु लिम्बु)का अनुसार नेकपाले उम्मेदवारको नाम चयन गर्न अघि स्वर्गीय मेयर तारा सुब्बाको श्रीमति इन्दुले पनि मेयर पदमा उम्मेदवार बन्ने इच्छा प्रकट गरेको जानकारी पार्टी लाई दिइएको थियो । तर, पार्टीले उम्मेदवारको नाम सिफारिस गर्दा उनको नाम काटिएको बताएका छन् ।

उनले भने ‘जस्को निधन बाट उपचुनाव भैरहेको उनैका परिवारको नाम नामेट गर्ने काम भएकोले हाम्रो परिवारकी बुहारी इन्दुले स्वतन्त्र उम्मेदवारी दिने परिवार श्रोतले बताएको छ ।

स्वर्गिय मेयरका दाजु घनेन्द्र सुब्बाले कात्तिक १५ गते नेकपा धरान उपमहानगर कमिटी लाई बुहारी इन्दुले स्वतन्त्र उम्मेदवारी दिने बारेमा लेखेको निवेदन सामाजिक सञ्जालमा राखेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]