बुधबार राती इटहरी १ स्थित हलगडामा कुुकुरको कुर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यलयले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुले. खुकुरी आतंक मच्चाएर घर पालुवा कुकुरको हत्या गरेका थिए । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए ।
कुकुर हत्याको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले सन्दिप राई,विशाल माझी र मनोज भण्डारीलाई पक्राउ गरेको हो । मोहनका छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका थिए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved