• कार्तिक २३, २०७६
  • जुनकिरी खबर

प्रदेश १ को ५ जिल्लामा लेखा एकाइ स्थापना गर्ने

alt

प्रदेश १ सरकारले प्रदेशका पाँच जिल्लामा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत रहने गरी प्रदेश लेखा एकाइ स्थापना गर्ने भएको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । झापा, मोरङ, पाँचथर, धनकुटा, ओखलढुंगा र उदयपुरमा लेखा एकाइ स्थापना गरिने भएको छ । 

बैठकले छिन्ताङ घटनाका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । २०३६ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई राहत दिने प्रदेश सरकारले निर्णय गरेको हो ।


यस्तै धरानमा स्थापित वन निर्देशनालयमा दशौं तहका रविन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने, प्रदेश यातायात निर्देशनालय गठन नभइसकेकाले मन्त्रालयले नै सो काम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
बैठकले कात्तिक २९ गते अन्तर्राष्ट्रिय चलचित्र महोत्सव धरानमा आयोजना गर्ने, प्रदेश योजना आयोग–गठन तथा कार्य सञ्चालन आदेश– ०७५ को अनुसूची–२ थप गर्ने, प्रदेश समपुरक अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्ने, मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य सर्तसम्बन्धी ऐन संशोधन गर्ने र सामाजिक विकास मन्त्रालय योजना तथा कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]