• कार्तिक २४, २०७६
  • जुनकिरी खबर

इटहरीमा दुई महिनाकै अविधमा ६ वटा सडक शिल्यान्यास

alt

इटहरीमा दुई महिनाकै अविधमा छ वटा सडक शिल्यान्यास गरिएको छ । एकै दिन दुई सडक समेत गरि दुई महिनामा छ सडक शिल्यान्यास गरिएको हो ।इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरको गौरवको योजना रहेका ११ वहुबर्षे सडक योजना मध्ये दुइ वटा सडक शिल्यान्यास गरे ।

इटहरी उपमहानगर वडा नम्वर १७,१८ र १९ मा पर्ने मझौरा देखि वरम्पुर जोडने कालोपत्रे सडक योजना र इटहरी ५ हलगढा देखि वडा नम्वर १ को कञ्चनचौक जोडने सडक कालोपत्रे योजना शिल्यान्यास गरिएको हो ।इटहरीको ग्रामिण क्षेत्रलाई शहर वजार र राजमार्ग सँग जोडी गाँउका वासिन्दालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन वहुवर्षे सडक कालोपत्रे योजना संचालन गरिएको प्रमुख चौधरीले बताए ।

पहिलो बर्ष स साना योजना संचालन गर्दा लक्षित उपलब्धि प्राप्त हुन सक्ने अवस्था नदेखेर ३ बर्षको वजेटले सर्पोट गर्ने वहुवर्षे योजना सुरु गरिएको जनाए । गाँउका ११ वटा मुलवाटो पिच हुदा बर्ष दिनमै ३० किलोमिटर कालोपत्रे हुने बताए ।

गाँउका वासिन्दाले पनि घर अगाडीवाटै गाढि चढेर वजार जाने अवस्था सृजना गर्न उपमहानगर लागि परेको बताए । प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले गुणस्तरीय निर्माण र समयमै काम सक्ने कुरामा सम्झौता नहुने बताए ।
छुटटाछुटटै भएको शिल्यान्यास कार्यक्रममा वोल्दै वडाध्यक्षहरु श्री नारायण चौधरी,रामकुमार चौधरी र कल्याण कार्कीले गाँउ गाँउका जनता वाटो पिच हुने भएपछि उत्साहित भएको बताए । इन्जिनियर जीवन घिमिरेले सडक निर्माण निर्धारित अवधि भन्दा एक दिन पनि पर नजाने प्रतिवद्धता बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]