• कार्तिक २४, २०७६
  • जुनकिरी खबर

विराटनगरबाट हुण्डी कारोबारी पक्राउ

alt

हुण्डी कारोवारमा संलग्न एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर –१५ स्थित भन्सार कार्यालयको अगाडिको वाटोमा हुण्डी कारोबार गर्ने मानिसहरू को ३९ प ७३९६ नं। को मोटरसाइकल प्रयोग गरी अबैध नगद रूपैयाको ओसारपसार गरिरहेको छ भनी प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी टोलीले भारतबाट नेपालतर्फ आएका को ३९ प ७३९६ नं। को मोटरसाइकल रोकेर चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर – १४ ओमसाइराम टोलका ३० बर्षीय ज्योतिकुमार साह र सोही मोटरसाइकलमा पछाडी सवार रहेका भारत अररिया वडा नं। १७ जोगवनी साँहुटोल बस्ने वर्ष १९ को विक्कीकुमार साहलाई ७ लाखसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चालक ज्योतिकुमार साहको साथबाट चार लाख रूपैया र सोही मोटरसाइकलमा पछाडी सवार रहेका विक्कीकुमार साहको साथबाट तीन लाख नगद बरामद भएको हो । निजहरूलाई तत्कालै उक्त घटनास्थलमा प्रहरीले सोधपुछ गर्दा उक्त रकम भारत अररिया जिल्ला जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डि कारोवार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछी प्रति १ लाख रू १०० पाउने गरेको भनी प्रारम्भिक चरणमा खुलेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]