• कार्तिक २५, २०७६
  • जुनकिरी खबर

विराटनगर महानगरपालिकाले बेसहारा मानिसको उद्धार गर्ने ल्यायो योजना

alt

दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ । बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब नयाँ जीवन पाउने भएका छन् ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा भर्खरै स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना र उपचारको प्रबन्ध मिलाइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

विराटनगर महानगरपालिकाको ट्राफिक चोकस्थित नमस्कार होटलको अगाडि विगत दुई वर्षदेखि मागेर जीवनयापन गरिरहेका नाम र ठेगाना खुल्न नसकेका एक मानिसलाई आइतबार उद्धार गरिएको छ ।

यी मानिस केही वर्षअघि तिनटोलियामा लगभग १० वर्ष वरपर मागेर जीवन बिताएको स्थानीय धनसुन्दर प्रधानले बताए ।

बेसहारा ती मानिसलाई उद्धार गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई अगामी मङ्सिर महिनाभित्रमा बेसहारा सडक मानवमुक्त बनाउने घोषणा गरे।

उनले बेसहारालाई उद्धार गरेर नयाँ जीवन दिन पाउँदा निकै खुशी लागेको र जीवनमा योभन्दा पुण्यको अरु काम हुन नसक्ने विचार व्यक्त गरे ।

उनले आइतबार विराटनगरस्थित ग्लोबल बैंकको अगाडिबाट एक मानसिक रोगी बेसहारा महिलालाई उद्धार गरेर आश्रमलाई जिम्मा लगाए ।

उद्धारमा प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सञ्चारकर्मी र आश्रमका टोली संलग्न थिए ।

आश्रमले प्रदेशभरिमा यो अभियान लागू गर्ने र कुनै पनि बेसहारा मानिसले उचित रेखदेख, खाना, बास र स्वास्थ्यको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने अभियान थालेको अध्यक्ष अधिकारीको  भनाइ छ ।

केही वर्ष पहिले धनकुटामा ओभरसियर पढ्दै गरेकी एक युवतीको मानसिक सन्तुलन बिग्रिन गएपछि पढाइ छाडेको अवस्थामा उनीमाथि सामूहिक बलात्कार पछि गर्भ बोकेर अहिले नानीसहित आश्रममा रहेको बताइएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]