• कार्तिक २५, २०७६
  • जुनकिरी खबर

एक नेपालीको भागमा साढे ३६ हजार ऋण

alt

नेपालमा संघीय सरकारलाई अहिले झण्डै ११ खर्ब सार्वजनिक ऋण लागेको छ । सार्वजनिक ऋण प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । २०७६ असोज मसान्तसम्म संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

नेपाल सरकारलाई लागेको सार्वजनिक ऋणको आधारमा एक नेपालीको थाप्लोमा पर्ने ऋण निकाल्दा ३६ हजार ५ सय २५ रुपैयाँ पर्न जान्छ । यसमा नेपालको जनसङ्ख्याले कुल सार्वजनिक ऋणलाई भाग गरि एक व्यक्तिको थाप्लोमा पर्ने ऋण निकालिन्छ ।

तथ्याङ्क विभागले सन् २०१९ का लागि प्रक्षेपण गरेको जनसङ्ख्या २ करोड ९७ लाख ४ हजार ५ सय १ जना हो । यस आधारमा अहिले एक नेपालीको थाप्लोमा साढे ३६ हजार ऋण छ ।

सरकारले तिर्न बाँकी खुद आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब ४९ करोड र तिर्न बाँकी खुद वैदेशिक ऋण ६ खर्ब ३१ अर्ब ४७ करोड रहेको छ । विकसित देशलाई हेर्ने हो भने ऋणको मात्रा अत्यधिक रहेको देखिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]