• कार्तिक २६, २०७६
  • जुनकिरी खबर

प्रदेश १ को पाँच जिल्लामा गाँजा फडानी गरी नष्ट

alt

१ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा अबैध रुपमा लगाएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाजाका बोटहरुलाई फडानी गरी नष्ट गर्ने कार्य भईरहेको छ ।

यसै क्रममा प्रहरीले धनकुटा खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ । जसमा जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी, साँगुरीगढी र धनकुटाकै आँखिसल्ला लगायतका एरियाको करिब २ सय रोपनी भन्दा बढी क्षेत्रफलमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका १ लाख ५० हजार गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको हो।

यसैगरी खोटाङको ईलाका प्रहरी कार्यालय हलेशी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले हलेशी तुवाचुङ नगरपालिका १ र २ का डिकुवा, दाम्ली, र बाँहुनीडांडा लगायतका एरियामा लगाईएका करिव ५ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुर तथा ईलाका प्रहरी कार्यालय घोडेटार र बोयाङबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका ९ मुस्ताङ र थुम्की भन्ने स्थानमा अन्दाजी ३२ रोपनी जग्गामा लगाईएको १२ हजार ५ सय बोट गाजा फडानी गरी नष्ट गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी तथा ताप्ली गाँउपालिका बिभिन्न स्थानहरुमा ४० रोपनी जग्गामा लगाईएको लगाईएको २५ हजार बोट गाजा फडानी गरी नष्ट गरेको छ ।

यसैगरी सुनसरीको ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सोही गाऊँपालिका(६ मा लगाईएका करिव ३ सय गाजाका बोट फडानी गरी नष्ट गरेको छ भने प्रहरी चौकी जितपुर ईलामबाट खटिएको प्रहरी टोलीले देउमाई नगरपालिकाका बिभिन्न स्थानमा लगाईएका ९० बोट गाजा फडानी गरी नष्ट गरेको छ । पछिल्लो समयमा अबैध रुपमा गाजा खेती गरेको पाईएकोले १ नम्बर प्रदेश प्रहरी कार्यालयले कार्ययोजना बनाई सम्बन्धित जिल्लाहरुलाई बिशेष अभियान नै संचालन गरेर गाजा फडानी गर्ने निर्देशन दिए संगै सम्बन्धीत जिल्लामा लगाईएका अबैध गाजा खेती तथा आफै उम्रिएका गाजाका बोटहरु प्रहरीले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरि गाजा फडानी गर्ने कार्य गर्दै आईरहेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]