• कार्तिक २६, २०७६
  • जुनकिरी खबर

विराटनगर महानगरमा फोहोर चुनौती

alt

विराटनगर उपमहानगरबाट महानगरपालिका अनि प्रदेशको राजधानी बने पनि यहाँको फोहोर व्यवस्थापनको चुनौति भने घट्न सकेको छैन ।

महानगरबासीले आफ्नो घरको फोहोर सडक र खुल्ला स्थानमा फाल्ने गर्नाले फोहोर व्यवस्थापनमा चुनौति देखिएको हो । महानगर क्षेत्रमा अझै पनि खुला जमिन प्रशस्त भएको कारणले नगरबासीले त्यहीँ फोहोर फाल्ने गरेका छन् । सडकमा फोहोर फाल्ने क्रम पनि यद्यपि कायमै छ । जसको कारणले सफा महानगर निर्माणमा चुनौति थपिएको छ । विराटनगरको फाहोर मैला व्यवस्थापनमा जनसहभागिता निकै कमजोर रहेको छ ।

आफ्नो घर–टोलको फोहोर अरूले नै उठाइदेओस् भन्ने मानसिकता महानगरबासीमा रहेको प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । ‘नागरिकहरूमा शिथिलता देखिएको छ, फाहोर अरूले उठाइदिउन्, प्रहरीले उठाउन्, अभियान चलाइदिउन् भन्ने मानसिकता छ ।’ उनले भने, ‘आफ्नो वरिपरिको फोहोर घटाउनका लागि फोहोर गर्ने नागरिकको व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको छ ।’ फोहोर मैला व्यवस्थापनको लागि महानगरले जनचेतना जगाउनुका साथै कारबाही गर्ने कार्यक्रम ल्याउने उनले बताए । महानगरमा सडक, ढल निर्माणको कार्य भइरहेकोले यसलाई प्रभावकारी बनाउन नसकिएको उनको भनाइ छ ।

विराटनगर महानगरपालिकाले फोहोर मैला व्यवस्थापन परियोजनासँग मिलेर दैनिक ७० टन फोहोरको व्यवस्थापन गर्दै आएको छ । विराटनगर महानगरको फोहोर सङ्कलन गरी व्यवस्थापन गर्ने काम फोहोरमैला व्यवस्थापन परियोजना विराटनगरले गरिरहेको छ । परियोजनाले दैनिक ७० टन फोहोर डम्पिङ साइडमा लगेर व्यवस्थापन गर्दै आएको परियोजना प्रमुख देवी आचार्यले बताए । विराटनगर महानगरको फोहोर सङ्कलन र व्यवस्थापनका लागि ३ सय कर्मचारी खटिने गरेको उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]