• कार्तिक २६, २०७६
  • जुनकिरी खबर

शिक्षकद्वारा विद्यार्थीमाथि निर्धात कुटपिट

alt

विराटनगर – ४ राजवंशी चौकस्थित अपर्ण स्कूलका शिक्षकले नियमित स्कूल नआएको र फेल भएको भन्दै एक जना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।

अपर्ण स्कूलका संचालक पनि रहेका शिक्षक निमेष बस्नेतले पानीको पाइपले कक्षा ८ मा अध्ययरत मोरङ बुढीगंगा गाउँपालिका– २ टंकीसिनवारीका १४ वर्षीय रोश्नी भण्डारीलाई निर्घात कुटपिट गरेका हुन् । शिक्षक बस्नेतको कुटाइबाट विद्यार्थी घाइते भएकी छिन् ।

स्कूलले लिएको दोस्रो सेमिस्टरको परीक्षामा फेल भएको र नियमित स्कूल नआएको भन्दै सोमबार दिउँसो शिक्षक बस्नेतले विद्यार्थीलाई पानी पाइपले कुटपिट गरेको पीडित विद्यार्थीको भनाई छ । शिक्षकले पाइपले कुटपिटबाट विद्यार्थी भण्डारीको चाकमा गहिरो चोट लागेको रोश्नीकी आमा पुष्पा भण्डारीले बताइन् । शिक्षकको कुटाइबाट छोरीलाई रातभरी ज्वरो आएको बताइन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]