• कार्तिक २७, २०७६
  • जुनकिरी खबर

धरान उपनिर्वाचन : मेयर र वडा सदस्य पदका लागि२७ जनाको उम्मेदवारी दर्ता

alt

धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरका लागि २३  जनाले उमेद्वारी दर्ता गरेका छन्।  

बुधबार प्रमुख राजनीतिक दल नेकपा, कांग्रेस, समाजवादीलगायतका दलको तर्फबाट १३ र स्वतन्त्रका १० गरी २३ जनाले उमेद्वारी दर्ता गरेको सुनसरीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए। 

धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राईले उमद्वारी दर्ता गराएका छन्। त्यस्तै कांग्रेसका तिलक राईले उम्मेदवारी दर्ता गरेका हुन्।  

समाजवादीका गजेन्द्रबहादुर लिम्बु, संघीय लिम्बुवान मञ्च नेपालका अमर इजम र साझा पार्टीका राजनकुमार श्रेष्ठले उमेद्वारी दर्ता गराएका छन्।

सँगै धरान उपमहानरपालिका वडा नम्बर ७ को रिक्त रहेको वडाअध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपाका जीवनराज सुवेदी, कांग्रेसका सुवर्णमोहन पलिखे, संघीय लिम्बुवान मञ्चकी निता राई, राप्रपाका दिनेश शाक्यले उमेदवारी दर्ता गराएका हुन्। 

धरानका तत्कालीन मेयर तारा सुब्बा र वडा नम्बर ७ का भुवन भोक्तानको निधन भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो। 

उमद्वारी दर्ता गर्नका लागि मुख्यदल नेकपा र कांग्रेसले शक्ति प्रदर्शनसमेत गरेका छन्। धरान १५ स्थित रेयूकाई भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाजा गाजासहित दुबै दलका कार्याकर्ता नारा जुलससहित उमेद्वारी दर्ता गर्न उपस्थित भएका थिए। 

नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यलगायतका केन्द्रीय नेतासहित प्रकाश राई निर्वाचन कार्यालयमा उपस्थित भएका थिए। कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित तिलक राईले धरानको मेयर पदका लागि उम्मेदवारी दर्ता गराए। 

नेकपाका प्रकाशले उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। उनले नेकपाको संगठन मजबुत र मतदाता नेकपाकै पक्षमा बढी रहेका कारण चुनावी नतिजा आफ्नो पक्षमा हुने उनको दाबी छ। 

कांग्रेसका तिलक राईले पटक–पटक नेकपाले धरानको नेतृत्व गर्ने अवसर पएको भए पनि उल्लेखनीय काम गर्न नसकेका कारण धरानका जनताले परिवर्तन चाहेकाले चुनाव आफूले जित्ने दाबी गरे।   

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]