• कार्तिक २७, २०७६
  • जुनकिरी खबर

सुनसरी प्रहरीविरुद्ध पत्रकार सम्मेलन

alt

कुटपिटको घटनामा जाहेरी दर्ता गर्न नमानेको विषयलाई लिएर पीडित पक्षले इनरुवामा पत्रकार सम्मेलन गरेको छ ।

हरिनगर गाउँपालिका ४ का सुनिल साहमाथि भएको कुटपिट पश्चात शिवनारायण मेहता, जोगेश्वर मेहता, गोविन्द मेहता, सन्तोष मेहता, अरविन्द मेहता, पवन मेहता, राजेश मेहता र मुकेश मेहतामाथि कारवाहीको माग गर्दै पीडित पक्ष प्रहरीमा उजुरी दिन पुगेका थिए ।

सुनसरी प्रहरीले कुटपिटको घटनालाई सामान्य भन्दै दोषी भनिएकाहरुमाथि कार्वाहीको प्रकृया अघि नबढाई मिलापत्रका लागि दबाब दिएपछि पीडित पक्षले इनरुवामा पत्रकार सम्मेलन गरि घटना सार्वजनिक गरेको हो ।

यो घटना कात्तिक १३ गतेको हो । छिमेकमा ठूलो साउण्डमा बजाइएको माइकको भोलुम घटाउने विषयमा विवाद पश्चात कुटपिट हुन पुगेको थियो ।

उक्त घटनामा सुनिल साह र सञ्जीव कुमार साह घाइते भएका थिए । घटनामा सुनिल साहको हात भाँचिएको छ । उनको हातमा स्टिल हालिएको छ ।

घटना पश्चात पीडक भनिएका पक्षले बिरामीलाई तत्कालै उपचार गर्न लैजान नदिएको पीडित पक्षको भनाइ छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय हरिनगरले समेत वेवास्ता गरेपछि सुनसरी प्रहरीमा मुद्दा दर्ता गराउन पुगेको थियो ।

पीडितलाई प्रहरीले इनरुवा अस्पतालबाट घाउजाँच गरी ल्याउन भनेपछि अस्पतालले सामान्य भनि लेखेको आधारमा मुद्दा दर्ता गर्न नमिल्ने भनि पन्छिएको प्रहरीले विपक्षीसँग मिलेर घटना दबाउन खोजेको घाइते सुनिल साहले बताए ।

प्रहरीले इनरुवा अस्पतालको रिपोर्टका आधारमा मुद्धा दर्ता गर्न नमानेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा वीपीले समेत घटनालाई सामान्य भनेको थियो । प्रहरीले ती दुवै अस्पतालको रिपोर्टलाई आधार देखाउँदै दुर्घटनाबाट हात भाँचिएको हुनसक्ने भन्दै घटनालाई कुटपिटमा मुद्दा दर्ता गर्न नसकिने भनेर पीडितलाई मिलापत्र गर्न दबाब दिएको बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]