• कार्तिक २९, २०७६
  • जुनकिरी खबर

रानीदेखि धरानसम्म निर्माणाधिन रहेको ६ लेन सडक पुनः विवादमा

alt

 विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधिन रहेको ६ लेन सडक पुनः विवादमा आएको छ ।

यसअघि पनि पटक–पटक कति फुट सडक काट्ने भन्ने बिषयमा विवाद हुँदै आएको थियो । नागरिक समाजले शुक्रबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजनाका इन्जिनियर रमेशकुमार गोईतले पुरानै योजनालाई प्राथमिकता दिदैँ आएको र तरहरादेखि इटहरीसम्मको निर्माणाधिनमा सडकको चौडा बराबरको रहेको तर्क गरे । उनले भने, ‘तरहरादेखि इटहरीसम्मको सडकको चौडा फरक छैन, ४० मिटर फराकिलो सडक बनेको हो ।’

अहिले तरहरामा ८२ फुट र इटहरीमा ६५ फुट मात्र सडक निर्माण भएको भन्दै विवाद हुँदै आएको छ । कार्यक्रममा नेपाली कांग्रेस इटहरी नगरका सभापति हेमकर्ण पौडेलले यसअघि इटहरीकी उपमेयर लक्ष्मी गौतमले कांग्रेसको कारण सडक निर्माणमा अवरोध भएको आरोप लगाउदै आएकोले भन्दै आपत्ति प्रकट गरे । उनले भने,‘उपमेयर ज्युले यसअघि पटक–पटक कांग्रेसको कारण सडक बाधक भएको बताउँदै आउँनुभएको छ, हामी मात्र नभएर राजनीतिक कुनै पनि दलले सडक निर्माणमा बाधक बन्नु हुँदैन ।’

पौडेलले कांग्रेसले सडक आयोजना अनुरुपनै सडक निर्माण हुनुपर्नेमा जोड दिए । काँग्रेसको नाम जोडिएर काँग्रेस सडक विस्तारको बाधक बनेको र भ्रम छर्ने काम भएको उनले बताए । अहिले सडकको कामले तीब्रता नपाउँदा इटहरीदेखि तरहरा सम्म खाल्डाखुल्डीका कारण दैनिक जसो दुर्घटना समेत हुने गरेको स्थानीय सर्वसाधारण मानिसहरुको गुनासो रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]