• कार्तिक २९, २०७६
  • जुनकिरी खबर

सांसद आलम जेल चलान

alt

 नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । पहिलो संविधानसभाको निर्वाचनकाक्रममा बम विस्फोटमा परी घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग लागेका आलमलाई रौतहट जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश दीपक ढकालको एकल इजलासमा ८ दिन चलेको थुनछेक बहसपछि शुक्रबार अदालते आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएलगत्तै उनलाई रौतहट जिल्ला कारागार चलान गरिएको हो ।

आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन गरी तीनओटा मुद्दा लागेको छ । जिल्ला अदालतमा ८ दिनसम्म चलेको बहसमा दुवै पक्षका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

थुनछेक बहसको अन्तिम दिन शुक्रत्रबार मृतक त्रिलुकप्रताप सिंहका बुवा श्रीनारायण प्रसाद सिंहलाई अन्तिम भनाइ राख्न समय दिइएको थियो । आरोपी आलमलाई पनि आफ्नो भनाइ राख्न समय दिइएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]