इलाममा सडकबाट दुर्घटना हुँदा मोटरसाइकल उछिट्टिएर घरको छानामा पुगेको छ । सो क्रममा २ जना घाइते भएका छन् । इलामको नेपालटारमा इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।
मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका हुनुभएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved