• मंसिर १, २०७६
  • जुनकिरी खबर

झापामा १ हजार ७ सय हेक्टर नेपाली भूमि भारतीयको अतिक्रमणमा

alt

 नेपाल-भारत सीमा अतिक्रमणको विवाद चलिरहेको बेला पूर्वको झापामा पनि ठूलो क्षेत्रफलमा सीमा अतिक्रमण भएको पाइएको छ ।

भारतसँग सीमा जोडिएको झापाको १ सय १८ किलोमिटर सीमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भू–भाग भारतले अतिक्रमण गरेको हो ।

भारतले अहिले ती विवादित सीमा क्षेत्र आफ्नो ‘गुगल म्याप’ मा समेत समावेश गरिसकेको देखिन्छ । भारतले पूर्वको सीमाना झापाको मेची नदीको विभिन्न ८ तटीय क्षेत्र, मेचीपारिको गाउँ, कचनकवलको पाठामारी, साबिक महेशपुर, लगायत ठाउँहरुमा नेपाली भू-भाग मिचिएको स्थानीय तथा सीमाविद्हरुले बताएका छन् ।

कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीपारिको सन्थाल बस्तीको ७ घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भू–भाग २०५२ सालअघि नेपालमै थियो ।

तर, भारतीय प्रशासन, सुरक्षा फौज तथा भारतीय नागरिकले विभिन्न बहानामा नेपाली भू-भाग आफ्नो भएको दाबी गर्ने गरेको भद्रपुर-३, मेचीपारी गाउँका श्रीप्रसाद महत्तोले बताए ।

१०४ र १०५ नम्बर सीमा पिल्लरले घेरिएको गाउँलाई भारतले नेपाली बस्ती जोगाएर ‘भी’ आकारले नेपाली भूमि कब्जामा लिइसकेको छ । २०२० सालमा अहिले भारतले कब्जामा लिइसकेको भू–भागबाट मेची नदी बगेको इतिहास छ ।

१०४ नम्बर पिल्लर नजिकै भारतको सन्थालबस्ती छ । पहिला त्यो बस्ती नेपालमा थियो । नेपालको धनिपूर्जा भएका स्थानीय २० वर्षपछि भारतीय नागरिक भएको भारतीय नागरिक सम र्मुर्मु बताउँछन् ।

भारतमा ब्रिटिश शासन भएको बेला नेपाल–भारतबीच भएको सुगौली सन्धी बमोजिम दुवै देशको सीमा जंङगे पिल्लरले छुट्याइएको थियो । जङ्गे पिल्लरलाई सीमा पिलर मानेर सीमावर्ती आसपासका क्षेत्रमा बर्षौदेखि नेपाली बसोबास गर्दै आइरहेका थिए ।

पूर्वको सीमाना मेचीनदीको बहाब परिवर्तन र बाढीका कारण सीमास्तम्भ बगाउदा भारतले २०४३ सालतिर सीमा मिच्न सुरु गरेको पाइएको छ । २०५२ सालमा आफूले भोगचलन गर्दै आएको नेपाली भूमीको धनीपूर्जा बनाउन खोज्दा पूरै भूमि भारततर्फ परेपछि झापाबासी समस्या परेको प्राध्यापक तथा सीमाविद् चिन्तामणी दाहालले बताए ।

पटक–पटक भारतीयले दादागिरी शैलीमा बर्षौंदेखि नेपाली भूमी कब्जा गरिरहँदा पनि स्थानीय प्रशासन र सरकारले खासै चासो नदिएकोमा सीमावर्ती क्षेत्रका नागरिकको गुनासो छ ।
नेपालतर्फ दशगजा क्षेत्रको सुरक्षा प्रभावकारी नभएकाल सीमामा भारतीयको दबदबा बर्षौंदेखि रहेको उनीहरुको भनाइ छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]