• मंसिर २, २०७६
  • जुनकिरी खबर

सिक्स लेन सडकको मापडण्ड बिरुद्ध उपमहानगरपालिकालाई ज्ञापन पत्र

alt

इटहरी । इटहरीमा निर्माणाधिन ६ लेन सडक मापडण्ड बिपरित भएको भन्दै चौतर्फी बिरोध भइरहेको छ । ६ लेन सडक बिस्तार आयोजनाले ८२ फुट सडक निर्माण गर्नु पर्नेमा इटहरीको मुख्य चौक आसपासमा ५५ फिट मात्र सडक चौडा गरेको छ । यसैको कारण अहिले इटहरीमा सडक बिरुद्ध स्थानिय एवम राजनितिक दल आन्दोलितनै बनेका छन् ।

सडकको मापडण्ड बिरुद्ध शनिबार मात्र २०१ सदस्यीय समिति रहने गरी संघर्ष समिति बनाइएको थियो । सोही समितिले आईतबार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल द्धावारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाएको छ ।

आयोजनाले सडक एकरुपतामा बनेको भनी सार्वजनिक अभिव्यक्ति दिएको र त्यसको सर्वपक्ष अनुगमन गर्न उपमहानगरपालिकालाई आग्रह गरिएको छ ।

साथै ६ लेन सडक राजमार्ग ऐनले तोकेको सीमा केन्द्रबाट २५–२५ मिटर कायम रहने गरी सर्भिस लेन सहितको व्यवस्था रहेको हुँदा सो अनुसारको कायम गराउँन जोडदार माग समेत गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएको माग सम्बोधन नभए आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

रानी–बिराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राजमार्ग एकरुपता नहुँनु दुःखद् रहेको संघर्ष समितिका संयोजक मदन चुडालले बताए । उनले ज्ञापन पत्र बुझाउँदै भने, ‘राष्ट्रिय गौरवको आयोजनामा एकरुपता नहुँनु दुःखद् रहेको छ, जनता–जनताबीच नै टकराबको अवस्था सृजना भएको छ, उपमहानगरपालिकाले यस बिषयमा उचित निर्णय लिनु जरुरी रहेको छ ।’

उनले तरहरा इटहरीको भौतिक पूर्वाधार भत्काउने कुरामा विभेद गरिएको आरोप लगाउँदै सडकको मुख्य भागदेखि दायाँ, बायाँ २५–२५ फुट नै कायम हुनुपर्ने तर्क गरे । त्यस्तै, संघर्ष समितिका सह–संयोजक होमनाथ धमलाले भने संघीय सरकारले २५ फुट कायम गर्न निर्देशन दिएको सडकमा स्थानीय सरकार बाधक बनेको आरोप लगाए ।

‘गाउँघरका मानिसहरुको घर भत्काउनका लागि केही समस्या भएन,’ उनले भने, ‘यस बिषयमा उपमहानगरपालिका किन चुप लागेर बसेको छ ?’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]