• मंसिर २, २०७६
  • जुनकिरी खबर

धरानमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

alt

मंसिर १४ गतेको उपनिर्वाचनमा धरानको मेयरमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको छ ।

धरान १५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आइतबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको हो । कार्यालयका अनुसार यसअघि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुले चुनाव चिह्न पाइसकेका छन् । ती दलबाहेक मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवाहरुलाई आज चुनाव चिह्न प्रदान गरिएको हो ।

धरानको मेयरमा ११ जना स्वतन्त्र र १२ जना विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवारहरुमध्ये कसैले पानीको वोतल, कसैले केटा र केटी, कसैले क्यामेरा, ब्याडमिन्टनको कर्क, इस्टकोट, चमेरो चुनाव चिह्न पाएका छन् । यसगरी, कसैले बाकस, ब्याट्री, क्यालकुलेटर, काउली र ज्यावल पनि चुनाव चिह्न पाएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]