• मंसिर ३, २०७६
  • जुनकिरी खबर

इलाममा ब्लड बैंक सञ्चालन

alt

रगत अभावमा ज्यानै नै जोखिममा पार्नु पर्ने इलामका बासिन्दाको संकट हटेको छ । लामो समयको प्रयासपछि नेपाल रेडक्रस सोसाइटीले इलाम अस्पतालमा आइतबारदेखि ब्लड बैंक सञ्चालनमा ल्याएको छ । जसका कारण रगत आवश्यक हुना साथ दाता खोज्दै हिड्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । 

२२ वर्षदेखि आकस्मिक रक्तसञ्चार सेवा संचालन हुदै आएको इलाममा ब्लड बैंक सुरु भएको हो । कुनै पनि विरामीलाई रगतको आवश्यकता पर्दा तत्काल ग्रुप मिल्ने व्यक्तिको खोजी गर्नु पर्ने झन्झट थियो । इलाम अस्पतालकै एउटा कक्षमा सुरु भएको ब्लड बैंकमा पहिलो दिन नेपाली सेनाका जवानसहित स्थानीयले रगत प्रदान गरेका छन् ।

तत्काल चार वटा ग्रुपको ८ पिन्ट रगत वैंकमा जम्मा हुनेछ । ब्लड बैंकसञ्चालनकालािग रेडक्रसले नारायणस्थानमा २८ लाख खर्चेर भवन बनाए पनि सञ्चालनमा आएको थिएन । जर्मनबाट प्राप्त उपकरणलाई इलामअस्पतालमा नै जडान गरेर सेवा थालिए पनि केहि समयमा आफ्नै भवनमा ब्लड बैंकस्थापना गर्ने रेडक्रसले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]