• असार १५, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा सवारी दुर्घटना बढ्यो

alt

विराटनगर । प्रदेश १ का १४ जिल्लामा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । तीव्र गतिका कारण हुने अधिकांश दुर्घटनाले अपांगता दर पनि बढाएको छ ।

प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा आर्थिक वर्ष २०७३/७४ यता ४ हजार ६ सय ४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ हजार २६ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा ११ सय ८२ सवारी दुर्घटनामा २१ सय ३४ जना घाइते भएको तथ्यांक छ ।

अपांगताको क्षेत्रमा क्रियाशील राष्ट्रिय अपांग महासंघ, प्रदेश १ का कार्यक्रम संयोजक विमल बस्नेत बढ्दो दुर्घटनासँगै अंगभंग हुने क्रम पनि बढेको बताउँछन् । प्रदेश नं. १ मा पछिल्ला समय देखिएको अपांगतामध्ये २९ प्रतिशत सवारी दुर्घटनाले हुने गरेको उनले बताए ।

बस्नेतले भने, ‘विगतमा पोलियो अपांगता वृद्धिको पहिलो कारण भए पनि यसको उन्मुलनपछि सवारी दुर्घटना, गलत उपचार र अन्य प्रकारका दुर्घटनाले भूमिका खेलेको छ ।’

सवारी दुर्घटनामा अंगभंग भएका अधिकांश मानसिक तनावमा पर्ने गरेको र काउन्सिलिङ गरेर समाजमा पुनःस्थापना गर्न पनि निकै कठिन हुने गरेको उनको अनुभव छ ।

प्रदेश १ को सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । ट्राफिक प्रहरीका अनुसार प्रदेश १ का १४ जिल्लामा चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३४ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]