• मंसिर ३, २०७६
  • जुनकिरी खबर

दलहरुले धरानमा निर्वाचन आचारसंहिता पालना नगरेको आयोगको ठहर

alt

मेयर र वडा अध्यक्ष पदको उपनिर्वाचन हुन लागेको धरान क्षेत्रमा विगतदेखि निरन्तर काम भइरहेको योजनाबाहेक अन्य कुनै पनि नयाँ वा पुरानै योजनाहरुको काम शुरुवात गर्न नपाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रष्ट पारेको छ ।

चुनावको मुखमा मतदातालाई आकर्षित वा प्रभावित गर्ने खालको विकास निर्माण वा अन्य खालको कुनै पनि गतिविधि स्थानीय सरकार वा राजनीतिक दलहरुबाट गर्न नहुने पनि कार्यालयले प्रष्ट्याएको छ । राजनीतिक दलहरुसँग आयोजित छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले धरान क्षेत्रमा निरन्तर भइरहेको विकास, निर्माणको काम बाहेक रोकिएको काम वा ठेक्का स्वीकृत भइसकेको भएपनि अहिले चुनावको मुखमा काम शुरु गर्न नपाइने बताए ।

यस्तै, उनले कर्मचारीहरुले आफ्नो मताधिकार प्रयोग गर्नबाहेक कुनै पनि राजनीतिक दलको प्रचारप्रसारमा हिड्न नपाउने पनि प्रष्ट पारे । ‘ठेक्का स्वीकृत भइसकेको छ, तर काम शुरु भएको छैन भने पनि अहिले निर्वाचनको बेला काम गर्न पाइदैन, १४ गते पछि मात्र पाइन्छ । कुनै पनि प्रकारले मतदातालाई प्रभावित पार्ने काम गर्न मिल्दैन,’मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने,‘मेरो दलहरुलाई अनुरोध छ, निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी तपाईहरुको ठुलो छ ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]