• मंसिर ४, २०७६
  • जुनकिरी खबर

इनरुवामा जग्गा व्यापारीको हत्या

alt

सुनसरीको सदरमुकाम इनरुवामा जग्गाको कारोबार गर्दै आएका  ४० वर्षीय कारी यादवको हत्या भएको छ ।

सुनसरी जिल्ला अदालत नजिकै रहेको सोमबारे हाट छेउ घर भएका यादवको शव हत्या भएको अवस्थामा आज बुधबार बिहान फेला परेको हो । यादवको शव घर छेउमै भेटिएको हो । यादवको हत्या घरेलु हतियारको प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाको प्रकृति अनुसार हत्या गरिएका यादवको शव राती सुत्ने अवस्थामा लगाउने पहिरन छ । शव भेटिएको स्थानमा रगत नभेटिएकाले अन्यत्रै हत्या गरि फालिएको हुन सक्ने पीडित पक्षको अनुमान छ । स्थानीयका अनुसार यादवका दुई सन्तान मावला गएकाले श्रीमती समेत उनीहरुलाई लिन माइत गएकी थिइन् । घरमा यादवकी बुहारी र अन्य साना केटाकेटी रहेका थिए ।

रातीको समयमा फोन आएर कारी यादव घर बाहिर निस्केको भनिएपनि वास्तविकता बारे प्रहरी अनुसन्धानबाट खुल्ने मृतकका आफन्तहरुको अपेक्षा छ । घटनास्थलमा सुनसरीका डीएसपी बिनोद शर्मा सहितको टोली परिचालित छ । हत्या शंकास्पद देखिएको बताउने प्रहरीले घटनामा संलग्न दोषी छिटै पक्राउ पर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]