• मंसिर ५, २०७६
  • जुनकिरी खबर

यी हुन् नयाँ मन्त्रीहरु

alt

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् प्रधानमन्त्रीले बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएका छन् ।

मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङ थपिएका छन् । त्यस्तै राज्यमन्त्रीका रूपमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर थपिएका छन् ।

त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, भुसाललाई कृषि तथा पशुपन्छी विकास, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । राज्यमन्त्रीका रूपमा रहेका दुगडलाई उद्योग, रावतलाई स्वास्थ्य तथा जनसंख्या र मानन्धरलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यीमध्ये नेम्बाङ, गुरुङ, दुगड, रावत र मानन्धर पहिलो पटक मन्त्री बनेका हुन् ।

मन्त्रिपरिषद्बाट गोकर्ण बिष्ट (श्रम), लालबाबु पण्डित (संघीय मामिला), थममाया थापा (महिला), रघुवीर महासेठ (भौतिक पूर्वाधार), चक्रपाणि खनाल (कृषि) र मात्रिका यादव (उद्योग) बाहिरिएका छन् । कृषि राज्यमन्त्रीका रूपमा कार्यरत रामकुमारी चौधरी पनि बाहिरिएकी छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुन मन्त्रालय सम्हाल्दै आएका भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल (रक्षा), रामबहादुर थापा (गृह), प्रदीपकुमार ज्ञवाली (परराष्ट्र), गिरिराजमणि पोखरेल (शिक्षा), वर्षमान पुन (ऊर्जा), योगेश भट्टराई (पर्यटन), शक्तिबहादुर बस्नेत (वन), डा. युवराज खतिवडा (अर्थ), मोहम्मद इस्तियाक राई (सहरी विकास), जगतबहादुर विश्वकर्मा

(युवा तथा खेलकुद), गोकुलप्रसाद बास्कोटा (सञ्चार), पद्माकुमारी अर्याल (भूमि व्यवस्था) र बिना मगर (खानेपानी) को कार्यविभाजन भने यथावत् रहेको छ ।

२०७४ फागुन ३ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि २०७४ फागुन १४, २०७४ चैत २, २०७५ जेठ १८, २०७५  साउन १८ र २०७६ साउन १५ मा हेरफेर तथा विस्तार गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]