• मंसिर ५, २०७६
  • जुनकिरी खबर

माल्दिभ्स पठाउने भन्दै ५० लाख ठगेर महिला वेपत्ता

alt

वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाउने भन्दै ५० लाख ठगी गरेर मोरङमा एक महिला वेपत्ता भएकी छिन्।प्रति व्यक्ति एक लाख रुपैयाँका दरले ५० जनासँग रकम ठगी गरेर सुन्दरहरैंचा नगरपालिका १० विराटचोककी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) फरार भएको उजुरी श्रम तथा रोजगार कार्यालय विराटनगरमा परेको छ ।

बेलबारी नगरपालिका १० मा बसोबास गर्दै आएकी उनी परिवारका सदस्यबाट पनि कात्तिक तेस्रो सातदेखि सम्पर्कबिहीन बनेपछि ठगीमा पर्नेहरुले विदेश जानसक्ने सम्भावनालाई मध्यनजर गर्दै लक्ष्मीको एयरपोर्ट रोक्‍का गरिपाऊँ भनेर उजुरी दिएका हुन् ।

पासपोर्ट नम्बर ०८६२४३९५ का आधारमा लक्ष्मीको एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । 'मालदीभ्स पठाउने भन्दै लक्ष्मीले सबैसँग पैसा संकलन गरेको खुलेको छ,' उनले भने, 'तर अहिले गायब बनेपछि पीडित श्रमको शरणमा आइपुगे ।'

वरिष्ठ श्रम अधिकृत सञ्जेलले मालदीभ्स पठाउने भनेर कागज गर्दै बैंक खातामै राख्न लगाएर पैसा असुलेकोलगायतका प्रमाणहरु उपलब्ध भएकाले पासपोर्ट नम्बरका आधारमा लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको बताए । 'वैदेशिक रोजगारीसम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितको आग्रहमा एयरपोर्ट रोक्‍का गरिएको हो, 'सञ्जेलले भने, 'थप कारबाहीका लागि बाँकी प्रक्रिया अघि बढाइने छ ।'

पीडित झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका रहेको उनले बताए । श्रीमान रुपेश विडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएको पीडितले बताए ।विदेश पठाउने भन्दै पैसा उठाउने काम गरेको थाहा पाएर रोक्न खोज्दा नमानेपछि लक्ष्मीसँग पारिवारिक सम्बन्ध पनि त्यति राम्रो नभएको जानकारी रुपेशले गराएको उनीहरुको भनाइ छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]