• मंसिर ६, २०७६
  • जुनकिरी खबर

७ महिलाको उद्धार

alt

खाडी मुलुक लैजान लागिएका ७ नेपाली महिलालाई गत भारत र म्यानमारको सीमावर्ती क्षेत्र मोरेको प्रहरीले उद्धार गरेको छ । उनीहरू २१ देखि ४१ वर्ष उमेर समूहका छन् ।

मोरेबाट म्यानमार प्रवेश गर्ने प्रयास गर्दागर्दै उनीहरू समातिएको मोरेस्थित प्रहरीले सञ्चार माध्यमलाई जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरू म्यानमार घुम्ने बहानामा प्रवेश गर्न लागेका थिए तर शंकास्पद गतिविधि देखाएपछि प्रहरीले सोधपुछ गरेर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको राहदानीमा अध्यागमनको नक्कली छाप लगाएको पाइएको छ ।

ती महिलालाई दलालले दुबई र कुवेतमा रोजगारी लिने भनेर त्यहाँ पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई दलालले इम्फालको होटलमा दुई दिन राखेर मोरे पुर्‍याएको थियो । इम्फालबाट मोरे पुग्न करिब १ सय १० किलोमिटर पहाडी बाटो तय गर्नुपर्छ ।

भारतको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश अधिकारीका अनुसार उद्धार गरिएका महिलालाई मणिपुर राज्य सरकारले आश्रय दिएको छ । अधिकारीले भने, ‘मणिपुर सरकारबाट आधिकारिक पत्राचार नभएकाले तत्काल उद्धार गरेर घर फर्काउन सकिएको छैन ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]