• मंसिर ६, २०७६
  • जुनकिरी खबर

धरानमा दलहरुले निर्वाचन अधिकृतको अनुमतिबिनै सवारी साधन प्रयोग

alt

उपनिर्वाचनको प्रचारमा नेता कार्यकर्ताले निर्वाचन अधिकृतको अनुमतिबिनै सवारी साधन प्रयोग गरेको पाइएको छ । 

निर्वाचन सहायक अधिकृत निधिराम दाहालका अनुसार धरान उपमहानगरको प्रमुख पदमा १२ जना जना दलका र ११ जना स्वतन्त्र गरी २३ उम्मेदवार चुनावी प्रचारमा छन् । आयोगले एक उम्मेदवारले एउटा चारपांग्रे सवारीसाधन र दुइटा मात्र मोटरसाइकल प्रयोग गर्न पाउने जनाएको छ । उम्मेदवारले चुनावी प्रचारमा प्रयोग हुने सबै सवारी साधनको विवरणसहित निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ ।

दाहालले भने, ‘धरानमा हालसम्म संघीय लिम्बुवान मंचका उम्मेदवार अमर इजमले मात्र आयोगको अनुमति लिएर सवारी साधन प्रयोग गरेको देखिएको छ । अन्य ठूला साना दलले अनुमति लिएका छैनन् । उनले निर्वाचन आचार संहिता लागु भइसकेकाले अनुमतिविना चुनावी प्रचारमा लगाइएका सवारी साधन प्रहरीले जफत गर्न सक्ने बताए ।

यसैवीच नेकपाले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै कांग्रेसले दिएको लिखित उजुरीलाई निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । कांग्रेसले आचारसंहिता लागू भइसकेको अवस्थामा धरान उपमहानगरले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पती र दायित्व धरान खानेपानी व्यबस्थापन बोर्डमा हस्तान्तरणको प्रक्रिया अघि बढाएको र संस्थानका कर्मचारीलाई बोर्डमा समायोजन गरेको भन्दै आयोगमा उजुरी दिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]