• मंसिर ६, २०७६
  • जुनकिरी खबर

कनकाई क्याम्पसमा तालाबन्दी

alt

विभिन्न ४ सुत्रीय माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा लिम्बुवान निकट विद्यार्थीहरुले झापाको सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरुले शुक्रबार बिहान ६ बजेर ४५ मिनेटमा क्याम्पसको प्रशासनिक भवनको मूल गेटमा ताला लगाएका हुन् । नेकपा निकट अनेरास्ववियू, अखिल क्रान्तिकारी र लिम्बुवान विद्यार्थी मञ्चका विद्यार्थीले दोस्रोपटक तालाबन्दी गरेको क्याम्पस प्रमुख विकासप्रसाद उप्रेतीले जानकारी दिए । यसअघि कार्तिक १९ गते पनि विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उक्त ताला कार्तिक २३ गते प्रहरीले फुटाएको थियो ।


विद्यार्थीहरुले क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, प्राध्यापक हरि तिम्सिनालाई पुनर्बहाली गर्नुपर्ने, भाडामा ल्याइएका प्राध्यापकहरुलाई फिर्ता पठाउनुपर्ने र ९ जना विद्यार्थीविरुद्ध प्रहरी कार्यालयमा परेको उजुरी फिर्ता लिनुपर्ने माग राखेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]