• मंसिर ६, २०७६
  • जुनकिरी खबर

इनरुवाका जग्गा ब्यापारी यादवको हत्यामा संलग्नको आरोपमा श्रीमान र श्रीमती पक्राउ

alt

सुनसरी जिल्लाको सदरमुकाम  इनरुवा-३ सोमबारे हाटका बासिन्दा  ४० बर्षिय कारी यादवको हात्यामा संलग्नको आरोपमा प्रहरीले श्रीमान श्रीमतीलाई  पक्राउ गरी सार्वजनीक गरेको छ । आफ्नै श्रीमती  अनिता पंडितसंगको अनैतिक सम्बन्ध  प्रत्यक्ष देखेपछी  अनिताका श्रीमान  अशोक पंडितले यादवलाई भाडो बनाउने घरेलु हतियारले पछाडिबाट आक्रमण गरि घाटीमा प्लाष्टिकको डोरीले बांधेर यादवको  हत्या गरेको अनुसंधानबाट खुलेको प्रहरीले जनाएको छ।      

प्रहरीका अनुसार हत्यामा श्रीमान र श्रीमती दुवैको संलग्नता रहेको अनुसंधानमा पाइएको छ।  इनरुवा–३ सोमबारे हाटका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता पण्डितको प्रत्यक्ष संलग्नता खुलेको हो । प्रहरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न दुवैलाई सार्वजनिक समेत गरेको छ ।

पक्राउ परेकाहरुसँगको बयान तथा खोज अनुसन्धानका क्रममा कारी यादवको हत्यामा अनैतिक सम्वन्ध प्रमुख कारण रहेको खुलेको हो । अनिता र यादवबिच अनैतिक सम्वन्धको कुरा प्रहरी अनुसन्धानको क्रममा समेत खुल्न आएको बताइएको छ । कल डिटेल्स र वस्तुस्थिति अध्ययनका क्रममा अशोक र अनितालाई पक्राउ गरि प्रहरीले म्याद थप समेत गर्रीको प्रहरीले जनाएको छ  ।

प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले पत्रकार सम्मेलन गरि घटना विवरण सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलन पनी अशोक र उनकी श्रीमती अनिताले हत्या गरेको समेत स्विकारेका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]