• मंसिर ७, २०७६
  • जुनकिरी खबर

उपनिर्वाचन ०७६ : कांग्रेसका दर्जन केन्द्रीय नेता धरानमा

alt

मंसिर १४ गते हुने उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसले धरानमा ठूलो शक्ति खर्च गरेको छ । धरान उपमहानगरपालिकाको मेयरका लागि हुन लागेको निर्वाचनका क्रममा कांग्रेसका दर्जन केन्द्रीय नेता चुनावी प्रचार–प्रसारमा सहभागी भइसकेका छन् । 

अघिल्लो स्थानीय तह निर्वाचनमा करिब १४ हजार मतले पछि परेको कांग्रेस यसपटक धरानमा जसरी पनि जित्ने अभियानमा लागेको छ । बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको झन्डा भएका घरमा समेत पुगेर मत मागे । यस्तै, बुधबार केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सुकुम्बासी बस्तीमा पुगेर भोट मागेका थिए ।

यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, केन्द्रीय सदस्य गुरुराज घिमिरे, ज्ञानेन्द्र कार्की, धनराज गुरुङ, महेश आचार्य, मीन विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतले भोट मागेका थिए । महेश आचार्यलाई पार्टीले नै खटाएकाले सुरुदेखि नै धरानमा छन् । मीन विश्वकर्मा पनि धरानमै छन् । मंसिर १० गते हुने चुनावी सभामा प्रमुख वक्ताका रूपमा गगन थापालाई बोलाइएको छ । सबै नेताको ध्यान धरानको चुनावमा भएको नगर कार्यकर्ता प्रेम पराजुलीले बताए ।

लामो समयदेखि कम्युनिस्टले जित्दै आएको धरानको मेयरमा यसपटक पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । नेकपाले उपनिर्वाचनमा स्व. मेयर तारा सुब्बाले अघि सारेका गौरवका आयोजनाहरू पूरा गर्न आफ्नो नेतृत्व पुनः आवश्यक भएको भन्दै घरघरमा पुगेर मत मागेको छ । मेयरमा नेकपाले जिल्ला कमिटी सदस्य प्रकाश राईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नगर सभापति तिलक राईलाई अघि सारेको छ ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]