• मंसिर ७, २०७६
  • जुनकिरी खबर

नेकपालाई मत माग्न प्रचण्ड धरान आउने

alt

नेकपाले पनि आफ्नो स्थान गुम्न नदिन घरदैलो कार्यक्रम जारी राखेको छ । नेकपाका उम्मेदवार प्रकाश राईले पछिल्ला दुई वर्षमा आएका आयोजना र भएका कामको फेहरिस्त लिएर मैदानमा उत्रिएका छन् । केन्द्रीय सदस्य एवं प्रदेश इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धर्म निरौला, किरणकुमार राई धरानमै छन् । 

मंसिर ११ गते भानुचोकमा हुने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने कार्यक्रम रहेको निर्वाचन परिचालन समितिका  संयोजक रमेश बस्नेतले जानकारी दिए । अघिल्लो निर्वाचनमा साबिक नेकपा एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । त्यस्तै, साबिक माओवादी केन्द्रले ११ हजार १८० मत ल्याएको थियो । आगामी मंसिर १४ को धरानको उपनिर्वाचनमा मतदाता संख्या ९२ हजार ८५३ छ । ०७४ असार १४ को स्थानीय तहको चुनावको भन्दा यो १३ हजार ५५६ बढी हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]