• मंसिर ७, २०७६
  • जुनकिरी खबर

महिनादिनभित्रै धरानका १६ वडामा खानेपानी वितरण गर्ने

alt

धरान उपमहानगरपालिकाद्वारा सञ्चालित धरान खानेपानी आयोजनाले एक महिनाभित्रै धरानका १६ वटा वडामा खानेपानी वितरण गर्ने भएको छ । आयोजनाका प्रमुख इन्जिनियर राजु पोखरेलले आयोजनाले लक्षित गरेको भौतिक उद्देश्य एक करोड ९७ लाख २० हजार लिटर पानी उत्पादन कार्यमा शतप्रतिशत प्रगति हासिल गरिसकेको जानकारी दिए ।

यसअघि नेपाल खानेपानी संस्थान शाखा धरानले खानेपानी वितरण गर्दै आएकोमा संस्थानले पर्याप्त पानी वितरण गर्न नसकेपछि एसियाली विकास बैंक (एडिबी)को सहयोगमा धरान उपमहानगरले भूमिगत स्रोतबाट खानेपानी उत्पादन सुरु गरेको हो । उपमहानगरले बोर्ड गठन गरेर पानी उत्पादन सुरु गरे पनि संस्थानले इन्टरकनेक्सनलगायत काममा सहयोग नगरेपछि पानी वितरणमा ढिलाइ भएको हो । असोज ०७५ मा मन्त्रिपरिषद् बैठकले संस्थानको सम्पत्ति मूल्यांकन गरी बोर्डमा हस्तान्तरण गर्न भनेपछि पनि पुनः सर्वोच्च अदालतले गत असारमा परमादेश जारी गरी संस्थानलाई सम्पत्ति बोर्डमा हस्तान्तरण गर्न भनेको थियो ।

आयोजनाले करिब आफ्नो काम सकिएको जनाउँदै नेपाल खानेपानी संस्थानको सम्पत्ति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्न मात्र बाँकी रहेको उल्लेख गरेको छ । धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले संस्थानका कर्मचारीलाई गत ८ कात्तिकमै बोर्डमा हाजिर हुन आउन पत्र बुझाइएको भन्दै संस्थानको सम्पत्ति हस्तान्तरण पनि तीन महिनाभित्र सकिने बताइन् ।

आयोजना प्रमुख पोखरेलका अनुसार आयोजनाले बिच्छ्याएको कुल प्रमुख प्रसारण पाइपलाइन ९२ किलोमिटर तीन मिटर र वितरण पाइपलाइन चार सय १५ किलोमिटर ५९ मिटर रहेको छ । आयोजनाको भौतिक तथा वित्तीय खर्चमा एक अर्ब ६५ करोड तीन लाखबराबरको कुल भौतिक प्रगति ९९ दशमलव ५ प्रतिशत र वित्तीय प्रगति ९२ दशमलव ९५ प्रतिशत पूरा भएको छ । संस्थानको सम्पत्ति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने सर्तमा एडिबीले सन् २०१२ मै २२ दशमलव ७ मिलियन अमेरिकी डलर ऋण तथा अनुदान दिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]