• मंसिर ७, २०७६
  • जुनकिरी खबर

निर्माण व्यवसायी महासंघले देशव्यापी आन्दोलन गर्ने

alt

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन संशोधनको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ । सरकारसँग पटक–पटक वार्ता भएपनि कुनै सुनुवाइ नभएकाले आन्दोलनमा जान बाध्य भएको महासंघको भनाइ छ ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा महासंघका अध्यक्ष रवी सिंहले सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै अब आन्दोलनको विकल्प नभएको बताए ।

उनले सरकारले समयमै बजेट निकासा नगर्दा कतिपय आयोजनाहरु अलपत्र अवस्थामा रहेको जिकिरसमेत गरे ।

निर्माणकार्य समयमै सम्पन्न नहुनुमा सरकारी पक्षको कमजोरी देखिएपनि आफूहरुमाथि चौतर्फी आक्रमण हुनु दुःखद् भएको उनको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएपछि निर्माण व्यवसायीहरुले आफ्ना माग पूरा गर्न दबाब दिन सुरु गरेका छन् ।

तर, समयमै आयोजनाहरु सम्पन्न नगरी चरम लापरबाही गरेको भन्दै जनस्तरबाटै निर्माण व्यवसायीहरुको चर्को आलोचना हुने गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]